सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

 संवाददाता    २०७९, २० चैत्र सोमबार १४:०३     95 जनाले पढ़िसके



Spread the love

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।