मिटरब्याज पीडितलाई न्याय दिलाउन उच्चस्तरीय न्यायिक आयोग गठन

 प्रधानमन्त्री     २०७९, १८ चैत्र शनिबार १३:२१     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं। सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।

तत्कालै पीडितको गुनासो र उजुरी लिएर न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको आयोग गठन गरी आइतबारसम्म पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।

प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ,’ उनले भने, ‘आइतबारसम्म आयोगले पूर्णता पाउँछ ।’

आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहने बताइएको छ।