सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

 #माओवादी     २०७९, १७ चैत्र शुक्रबार १८:२६     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

शुक्रबार गृहमन्त्रीको रूपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लैजना बताए ।

उनले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन् । उक्त फाइल पनि निर्णयका लागि मन्त्रिपरिषद्ममा पेस गर्ने उनले बताए ।

“मैले पदबहाली गर्दा दुईवटा विषयमा फाइलमा हस्ताक्षर गरेको छु । त्यो दुईवटै विषय प्रस्तावको रूपमा मन्त्रिपरिषद्को बैठकमा पेस गरिनेछ,” उनले भने ।

उनले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए । मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनले आग्रह गरे ।