काठमाडौं। काठमाडौंको माइतीघरमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। माइतीघरमा एक निर्माणाधीन घरमा प्लास्टर गर्दै गरेका मजदुर घाइते भएका हुन्।
घरको माथिल्लो तलामा काम गरिरहेका उनलाई चट्याङ लागेपछि प्रहरीले उद्धार गरेको छ।