वैशाख १० गतेको उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार चितवन २ बाट जितनारायण र तनहुँ १ बाट गोविन्द भट्टराई

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, १६ चैत्र बिहीबार ११:४५     118 जनाले पढ़िसके



Spread the love

काठमाडौं : वैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ बाट जितनाराणय श्रेष्ठ र तनहुँ १ बाट गोबिन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा उनको सांसद पद खारेज भएसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो। यसअघि यहाँ कांग्रेसबाट उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।

यसैगरी तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेसँगै कांग्रेसले यस क्षेत्रबाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बारा २ मा भने कांग्रेसले आफ्नो उम्मेदवार नउठाउने जनाएको छ।