ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गयो

 भुकम्प     २०७९, १५ चैत्र बुधबार ०९:२२     98 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित स्याओ केन्द्रबिन्दु भएर गएराति चार दशमलव छ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।

यसअघि मुगुको भिइ केन्द्रबिन्दु भएर चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।