वसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ आइजीपी

 संवाददाता    २०७९, १० चैत्र शुक्रबार १७:१७     102 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।

कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्। यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ।

आइजीपीका दाबेदार मानिएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएका छन्। कुँवर एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए।

आइजीपी धिरजप्रताप सिंह आजैदेखि अवकाशमा जाँदै छन्।