नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ आज

 संवाददाता    २०७९, ६ चैत्र सोमबार ०६:५७     104 जनाले पढ़िसके



Spread the love

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज (६ चैत) पद तथा गोपनीयताको शपथ लिँदै छन्।

सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा उपराष्ट्रपति यादवले शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।

३० हजार ३२८ मतभारसहित चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेका छन्।

साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन्।