अब रोज्ने पालो हाम्रो, गृहसहित तीन मन्त्रालयमा हाम्रो दाबी : पाण्डे

 #नेकपा एकीकृत समाजवादी     २०७९, ३ चैत्र शुक्रबार १४:४७     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयले लिएर सरकारमा सहभागी हुने बताएका छन्।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर संसद भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्ता समीकरणमा अब रोज्ने पालो आफूहरूको भएको बताए।

‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले रोज्यो। अहिलेको समीकरणभित्रको चौथो ठूलो दल हो हामी, पाण्डेले भने, त्यो हिसाबले हामी अब मन्त्रालय हामीले रोज्ने हो । तीन वटाबाट नघट्नेगरी हाम्रो दाबी हुन्छ। एक नम्बर प्राथमिकता गृह मन्त्रालय नै हो। ’

उनले करिब दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष सरकार चलाउने पनि बताए।