काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो चैत ६ गते संसद्मा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्रीले आगामी ६ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका हुन् ।
“प्रधानमन्त्रीज्यूले ६ गते संसद्मा विश्वासको मत लिनुहुनेछ । अफिसियल पत्र पनि अब संसद्मा जाँदैछ,” प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले बाह्रखरीसँग भने, “मन्त्रिपरिषद् विस्तार त्यसपछि हुनेछ ।”
गत फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो भने फागुन १५मा सरकारलाई साथ दिएको नेकपा (एमाले)ले पनि समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियो ।