काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी नेतृ शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन्।
आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
उपाध्यक्ष शाक्यको समर्थकमा पार्टी अध्यक्ष केपीशर्मा ओली, सुभाषचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महसेठ, गोकर्ण विष्ट र प्रस्तावकमा महेशकुमार बर्तोला, कृष्ण गोपाल श्रेष्ठ, भगवती न्यौपाने, यशोधा रिमाल र तुलसा दाहाल रहेका छन्।
आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। आजै अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन हुनेछ।
दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयोगले गरेको छ।
आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।