आज उपत्यकाका ६८ स्थानमा ट्राफिक प्रहरीको चेकिङ, दर्जनौं सवारी साधन नियन्त्रणमा

 संवाददाता    २०७९, २२ फाल्गुन सोमबार १२:०८     185 जनाले पढ़िसके



Spread the love

होली पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ६८ स्थानमा आज चेकिङ गरिरहेको छ।

सार्वजनिक विदा भएकाले सडकमा सवारीको चाप न्यून छ। ठाउँ-ठाउँमा ट्राफिक प्रहरी चेकिङ पोइन्ट बनाएर जाँच गरिरहेको छ।

होलीको बहानामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न चेकिङ गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी अभिनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ८९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

आज देशका पहाडी क्षेत्रमा होली मनाइँदै छ। भोलि तराई क्षेत्रमा होली मनाइने छ।