सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, पक्षमा ४१ र विपक्षमा ११

 संवाददाता    २०७९, २१ फाल्गुन आईतवार १६:२७     139 जनाले पढ़िसके



Spread the love

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न्।

शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ। विपक्षमा ११ मत खस्यो। विश्वासको मतका लागि २७ मत आवश्यक थियो।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी,एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमाले र राप्रपाका सांसदहरूले विपक्षमा मतदान गरे।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।