राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ : राष्ट्रपति उम्मेदवार पाैडेल

 काँग्रेस     २०७९, १३ फाल्गुन शनिबार १६:२०     96 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन ।

शुक्रवार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका हुन। गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यस निम्ति आफ्नो भूमिका हुने बताए ।

उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उनको भनाई छ । उनले राष्ट्रपति चुनावको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने पनि बताए ।

यस्तै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत् बनाउन ओलीको योगदान हुनेमा पनि विश्वास व्यक्त गरे ।