राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

 राप्रपा     २०७९, १३ फाल्गुन शनिबार १४:०७     242 जनाले पढ़िसके



Spread the love

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन्।

शनिबार राप्रपा अध्यक्ष एवं उप्रधान तथा ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।

शुक्रबार बेलुकी कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।