राष्ट्रपतिमा एमालेको उम्मेदवारी दर्ता, तस्वीरहरू

 एमाले     २०७९, १३ फाल्गुन शनिबार १३:५८     92 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवार दर्ता गरेका छन्।

शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।​

उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।