काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफूहरू चुप नबस्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै उनले दलहरूको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका हुन् ।
‘नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौ यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अर्न्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ’, विज्ञप्तिमा भनिएको छ । 
शाहले दलहरूलाई सहकार्य गरेर अघि बढ्न अपरिहार्य भइसकेको समेत बताएका छन् । ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, विज्ञप्तिमा उल्लेख छ ।
शाहले देशमा बढ्दो भ्रष्टाचार, युवाहरू कामको लागि विदेशिन जानुपर्ने अवस्थाप्रतिसमेत दुख व्यक्त गरेका छन् ।