सांसद भण्डारीको अहिलेको स्वास्थ्य अवस्थाबारे यस्तो छ जानकारी, आजै २ वटा सर्जरी गर्ने तयारी

 #दुर्घटना     २०७९, ५ फाल्गुन शुक्रबार ०८:३९     92 जनाले पढ़िसके



Spread the love

सिलिन्डर ग्यांस बाट भएको आगलागीमा परि गम्भीर घाइते भएका नेता चन्द्र भण्दारीलाई हिजो थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पुर्याइएको छ । उक्त अस्पतालमा भण्डारीको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार मुम्बईबाट डा चन्द्र भण्डारीको स्वास्थ्य अपडेट यस्तो बताइएको छ।

राती १०:३० वजेको डा. सुनिल केस्वानीबाट भएको काउन्सिलिंग अनुसार शरीरमा फ्लुईडको मात्रा डबल गर्ने । विहान १०:३० मा पहिलो सर्जरी गर्ने साथै दिउसो १:३० वजे दोस्रो सर्जरी गर्ने ।

राती ११:३० को बजे डा. संदीप मिस्त्रीबाट भएको काउंसिलिंग अनुसार सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्ने ।
१२:३० बजे डा. अमुलबाट भएको काउंसिलिंग अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको छ।