पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

 #नेकपा एकीकृत समाजवादी     २०७९, ४ फाल्गुन बिहीबार १७:४७     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन्।

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा छन्। प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ।