राष्ट्रियसभा उपाध्यक्षको उमेदवार टुंगो लगाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

 काँग्रेस     २०७९, २२ माघ आईतवार ०९:०५     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

देउवा निवासमा बिहान ९ बजे बैठक बस्ने बताइएको छ । राष्ट्रियसभाको उपाध्यक्षको उमेदवार टुंगो लगाउन बैठक बस्न लागिएको बताइएको छ ।

राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ। ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।