बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

 गठबन्धन     २०७९, १४ माघ शनिबार १०:२९     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। दाहाल बुधबार बेलुका बालुवाटार सरेका थिए।

बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री दाहालको व्यस्तताका कारण आज बस्न लागेको हो। बिहीबार बिहान बस्ने बैठकमा शक्ति बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने मल्लले बताए। साथै एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको थियाे।