प्रधानमन्त्रीसमक्ष उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले बुझाए राजीनामा

 संवाददाता    २०७९, १३ माघ शुक्रबार २०:०५     80 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। सर्वाच्च अदालतको निर्णय संगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ ।

त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यस्तो छ सर्वोच्चको फैसलाको पुर्ण पाठ।