गणतान्त्रिक संविधानको भत्ता खाने मन्त्री लिङ्देन भन्छन : हिन्दु राष्ट्र कायमै हुनुपर्छ भन्ने पक्षमा छु

 संवाददाता    २०७९, १२ माघ बिहीबार १९:४१     91 जनाले पढ़िसके



Spread the love

बुटवल । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका हुन् ।

उनले जगद्गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।