पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । नेपालगंजमा समेत भुकम्पको धक्का महसुस गरिएको स्थानीयबासीहरुले जनाएका छन।
भूकम्पको केन्द्रविन्दुबारे केही नेपालको भुकम्प मापन केन्द्रले अध्ययन गरिरहेको जनएको छ भने अमेरिकी भुकम्प मापन संस्थाको प्रारम्भिक रेकर्डमा ५.६ रेक्टरको रहेको र केन्द्र बिन्दु जुम्ला भन्दा ६२ कि.मि. उत्तर पश्चिम रहेको बताईएको छ ।