संघीय संसद अन्तर्गत दुवै सदनको आज बैठक बस्दै

 #प्रतिनिधी सभा वैठक     २०७९, १० माघ मंगलवार ०९:५४     82 जनाले पढ़िसके



Spread the love

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ।

त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने छ। यस्तै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ।