काँङ्ग्रेसले दिने भयो राष्ट्रपतिमा उम्मेदवारी

 काँग्रेस     २०७९, ९ माघ सोमबार १२:५७     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ ।

धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगामी राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि दबाब दिने निर्णय समेत गरेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ ।