आज कांग्रेस पदाधिकारी बैठक बस्दै

 काँग्रेस     २०७९, ९ माघ सोमबार ०८:५८     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज विहान ९ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी दिए। ​​

कांग्रेसले केन्द्रीय समिति बैठक १५ गते बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयले कांग्रेसमा असन्तुष्टि बढाएको छ। आइतबार मात्रै कांग्रेसको डाक्टर शेखर कोइराला समूहको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ। बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।

यो समूहले देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन्।

यस्तै कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो।

सभापति देउवाले महाधिवेशन सकिएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलगायत पनि गठन गरेका छैनन्। विभाग गठन गर्न संस्थापनइतर समूहले आग्रह गर्दै आएको छ।