देउवा, माधव र उपेन्द्रविच भेटवार्ता

 #नेकपा एकीकृत समाजवादी काँग्रेस जनता समाजवादी     २०७९, ४ माघ बुधबार ११:२७     64 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।सभापति देउवासँग भेटवार्ता गर्न अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन् । तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ । सरकारलाई समर्थन गरेपनि रोजेको मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी भएको छैन । यता सभामुखमा एमालेसहित अन्य सत्ता साझेदार दलले एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन् ।