एमालेले टुंग्यायो मन्त्री बन्ने सांसदहरु, सर्लाहीका हरि उप्रेती मन्त्री बन्ने पक्का

 एमाले     २०७९, ३ माघ मंगलवार ११:१६     123 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ ।

अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।

पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् ।यसअघि एमालेबाट राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भइसकेका छन् ।