एमालेले राष्ट्रपति पाँचै वर्ष, माओवादीलाई उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख आलोपालो

 गठबन्धन     २०७९, ३ माघ मंगलवार ०८:४८     86 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सत्ता गठबन्धनले मन्त्रालयसहित सबै पदको भागबन्डा टुंग्याएको छ । गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने भागबन्डा टुंग्याएको हो ।

मन्त्री संख्या र मन्त्रायलसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख क-कसले पाउने टुंगिएको छ । एमालेले राष्ट्रपति पाँचै वर्ष पाउँदा माओवादीलाई उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख आलोपालो हुने सहमति भएकाे छ ।

  • कुन दलले के पाउने ?

एमाले – राष्ट्रपति (पाँचै वर्ष)
माओवादी – उपराष्ट्रपति (पाँचै वर्ष)

एमाले र माओवादी आलोपालो – प्रधानमन्त्री र सभामुख

माओवादी केन्द्र – प्रचण्ड प्रधानमन्त्री
एमाले – सभामुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – उपसभामुख

  • मन्त्रालयहरुको भागवण्डा

एमाले – अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी – भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा – गृह, शिक्षा र श्रम

राप्रपा – उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा जाने सम्भावना कम रहेको आंकलन गरिएको छ ।