प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने १० दलको बैठक भोलि बस्ने भएको छ ।
आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्रीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाउने बताएका थिए । यस्तो बैठक भोलि बस्ने तय भए पनि समय टुंगो लागि नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीले विश्वासको मत दिने दलसँग राष्ट्रपति र सभामुखको निर्वाचनका विषयमा छलफल गर्ने यसअघि नै बताएका थिए । यसैले सर्वदलीय बैठक भोलि बस्न लागेको हो । तर समय आज साँझ मात्रै टुंगो लाग्छ,’ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।प्रतिनिधिसभामा ५ माघमा सभामुखको निर्वाचन हुँदैछ । २८ माघसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्छ ।