विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

 #दुर्घटना     २०७९, १ माघ आईतवार १५:५१     82 जनाले पढ़िसके



Spread the love

काठमाडाैंः सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। यस शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हाे।