राष्ट्रिय सभाको बैठक आज बस्दै

 संवाददाता    २०७९, २९ पुष शुक्रबार ०९:४६     83 जनाले पढ़िसके



Spread the love

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे १ मिनेटमा शुरु हुनेछ । आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।