आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा परेको यो रिट तेस्रो नम्बरमा परेको छ ।
सन्दीपले बेरित आदेश बदर गरिपाउँ भनेर गत मंसिर २९ गते उच्च अदालतमा रिट दायर गरेका थिए । यसबीचमा पटक पटक पेशी तोकिए पनि कहिले हेर्न नभ्याइने त कहिले स्थगित हुँदै आएको छ ।सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ । सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ ।