कांग्रेसलाई कटाक्ष गर्दै ओलिले भने : विश्वास सदाशयतासाथ आएकाे भए स्वागत गर्ने भन्दै जाल हानेकाे भए माछा नभएकाे खाेलामा जाल हानेजस्ताे हुने

 एमाले     २०७९, २६ पुष मंगलवार १५:५१     88 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्नुकाे तुक नभएकाे बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीमा प्रचण्डको विरोध गर्नुमा कुनै तुक नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गरे । उनले भने, ‘दुई वर्षपछि भोट हाल्छु भनेकै थियो। अहिले हाल्दा के भयो र? कांग्रेसको राम्रो निर्णय हो। स्वागत मात्रै गर्दिनँ। धन्यवाद पनि दिन्छु।’

 

तर उनले याे विश्वास सदाशयतासाथ आएकाे भए स्वागत गर्ने भन्दै जाल हानेकाे भए माछा नभएकाे खाेलामा जाल हानेजस्ताे हुने बताए ।

राम्राे नियतले अाएकाे भए त स्वागत छ । तर जाल हानेकाे भए ढाेक्सा थापेकाे भए त्याे निरर्थक हुने छ- उनले भने