प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय

 काँग्रेस     २०७९, २६ पुष मंगलवार १३:०१     90 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए।

‘केपी ओलीले सोमबार संसदमा दिएको अभिव्यक्तिलाई काउन्टर एट्याक गर्दै प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ,’ ती नेताले भने।

विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए।