काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितको बैठक बोलाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार ११:३० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। उक्त बैठकपछि पुन: संसदीय दलको बैठक बस्ने र विश्वासको मतबारे निर्णय हुने महामन्त्री शर्माले बताए। के निर्णयमा पुग्ने? के गर्दा लोकतन्त्रका लागि राम्रो हुन्छ?’ उनले भने, ‘यो अनौपचारिक भएकाले कार्य सम्पादन समितिले थप निर्णय गर्छ।’