आइतबार प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । मुख्यमन्त्री र मन्त्रीहरू सहितको शपथ आज दिउँसो २ बजेलाई तोकिएको छ । मन्त्री हुनको लागि तयार भएर आएका माओवादी प्रदेश सभा सदस्यहरू संसदीय दलका नेताले केन्द्रको हिजो सांझको निर्णयले आफुहरु सरकारमा हाल नजाने भन्ने कुराले अन्यौलता सिर्जना गरेको बताउँछन् ।
आजै नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बो मन्त्री बन्दैछन् । त्यस्तै राप्रपाबाट भक्ति सिटौलालाई मन्त्री बनाउने तयारी छ । नेकपा माओवादीबाट दुर्गा चापागाईँ मन्त्री बन्ने पक्का भएको थियो भनेँ जीवन आचार्य र गणेश उप्रेतीका बिचमा आन्तरिक विवाद हुँदा मन्त्रीमा कसलाई पठाउने भन्ने अन्योल देखिएको थियो । यी दुई नेता बिचको विवादले समेत तत्काल माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हुनसक्ने बताइएको छ।