सत्तारुढ गठबन्धन बैठक बाट टुंगियो प्रदेशको भागबण्डा

 गठबन्धन     २०७९, २४ पुष आईतवार २२:३७     91 जनाले पढ़िसके



Spread the love

सत्तारुढ गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको छ। प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ ।

बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउनेछ।

बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो।

यस्तै, प्रदेशका अन्य मुख्य पदमा पनि दलहरुबीच भागबण्डा भएको छ। मधेस र कर्णाली प्रदेशसभा सभामुख एमालेले पाउनेछ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीले पाउनेछ। यस्तै, बागमती प्रदेशसभा सभामुख राप्रपाले पाउने भएको छ।

यसैगरी, प्रदेश १ र गण्डकीको उपसभामुख एमाले, बागमती र कर्णालीको उपसभामुख माओवादी, लुम्बिनीको उपसभामुख राप्रपा र मधेस प्रदेशको उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ। सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ।