नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

 संवाददाता    २०७९, २४ पुष आईतवार १६:०३     99 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्ग काठमाडौं आइपुगेका छन् । राजदूत सोङ्ग आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।

यसअघि होउ यान्छी चिनियाँ राजदूतका रूपमा कार्यरत थिइन् । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा होउ नेपाल आएकी थिइन् । होउको स्थानमा चीन सरकारले सोङ्गलाई नेपाल पठाएको हो । सोङ्ग नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् ।

सोङ्गले नेपाल चीनबीचको पुरानो सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।पछिल्लो पटक कम्युनिष्ट सरकार बनेसँगै नेपालमा चिनियाँ प्रभाव बढेको छ । चिनियाँ राजदूतको नेपाल आगमनसँग चीन नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्ने देखिन्छ ।