सरकारकाे न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा आज शीर्ष नेतालाई बुझाउंदै कार्यदल

 गठबन्धन     २०७९, २३ पुष शनिबार ०९:३५     96 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ- सत्तारूढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ।

शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेतासमक्ष पेस गर्न लागेको हो।

पेस गरेपछि शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताइएकाे छ।

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारूढ पार्टीका घोषणापत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ।

पौडेल संयोजक रहेको कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, जसपाबाट रकम चेम्जोङ र राप्रपाबाट राणा सदस्य छन्।

कार्यक्रममा नागरिकता समस्या समाधान, भ्रष्टाचार र अनियमितताको छानविन, दिगो अर्थतन्त्र, रोजगारी निर्माण, उद्यमशीलता, सामाजिक सुरक्षालगायत विषय समेटिएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका हुन्।