विश्वासको मतबारे पार्टीले निर्णय गर्न बाँकी छ : माधव कुमार नेपाल

 #नेकपा एकीकृत समाजवादी     २०७९, २२ पुष शुक्रबार १५:३४     93 जनाले पढ़िसके



Spread the love

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न बसेको सर्वदलीय बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन्।विश्वासको मतको विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनले बताए । व्यक्तिगत रुपमा प्रचण्डप्रति आफूहरु सकारात्मक रहेकोसमेत उनले उल्लेख गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ भने २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । फोटो : फाइल