निर्वाचनका बेला झडपमा निधन भएका चेतन र सञ्जीव अयडिका परिवारलाई १०/१० लाख दिने र निराकारको शव नेपाल ल्याउने सरकारको निर्णय

 संवाददाता    २०७९, २२ पुष शुक्रबार १२:४४     78 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । गत मंसिर ४ गतेको निर्वाचनका क्रममा बाजुरा ज्यान गुमाएको दुई युवाका परिवारलाई सरकारले राहत प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको बेला मृत्यु भएका चेतन अयडी र सञ्जीव अयडीमा परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको हो ।यस्तै बैठकले कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउने निर्णय पनि गरेको छ । बिहीबारको बैठकले नै राष्ट्रिय सभामा रिक्त रहेको पदमा आगामी माघ २५ गते निर्वाचन गर्ने गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।