काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य सूर्यकिरणकाअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही अनुसार नेपालमा पनि मूल्य समायोजन गर्न निर्देशन दिइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रचण्डले मुल्य घटाएर आम नागरिकलाई राहतको अनुभूति दिलाउन निर्देशन दिएका हुन् ।