नेप्से परिसूचक २१ सय बिन्दुमाथि, साढे ३ अर्बको सेयर कारोबार

 आर्थिक खबर     २०७९, २० पुष बुधबार १६:१९     59 जनाले पढ़िसके



Spread the love

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुँजी बजारलाई प्राथमिकता राखेर अर्थतन्त्रलाई गतिशील बनाउने बताएसँगै सेयर बजार लयमा फर्किन थालेको छ।

आज सूचक २१ अंकमाथि पुगेको छ। नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो। परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए। पुँजी कर्जाबारे राष्ट्र बैंकले पनि लचकता देखाएको छ।

नयाँ सरकारले पुँजी बजारलाई पहिलो प्राथमिकतामा राखेर अर्थतन्त्रलाई गतिशील बनाउने आश्वासन दिएपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको हो।
लामो समयदेखि सेयर बजारले उचाइ लिन सकेको थिएन्। सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताहरु निरास थिए। लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा थिए।

सेयर बजार विस्तारै लयमा फर्किन थालेपछि लगानीकर्ताहरु उत्साहित भएका छन्। उनीहरु आफ्नो गुमेको लगानी फर्किने आशमा छन्।

आज २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य करेक्सन आएको थियो।

सो दिन ३.०३ अंकले नेप्से ओरालो लागेको थियो। ३ अर्ब ४५ करोड बढिको सेयर कारोबार भएको थियो। यसदिन दर्जन बढि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। ट्रेडिङ समूहको सर्वाधिक ९.७४ प्रतिशतले सूचक बढ्यो। माइक्रो फाइनान्स, मनु एन्ड प्रो,इन्भेस्टमेन्ट समूहको सूचक ५ प्रतिशत बढिले वृद्धि भएको हो।

यस्तै डेभलपमेन्ट बैंक,फाइनान्स र हाइड्रो पावर समूहको सूचक ४ प्रतिशत बढिले बढ्यो। यसदिन कारोबार रमका आधारमा हिमालय डिस्टिलरी शीर्षस्थानमा रह्यो।
सानिमा माइ हाइड्रोपावर १० करोड ८७ लाख र नेपाल दूरसंचार कम्पनी १० करोड ४ लाख मूल्यको सेयर कारोबार गरी क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे।