एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

 #नेकपा एकीकृत समाजवादी     २०७९, १८ पुष सोमबार ०८:३०     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्यूरो बैठक बोलाएको छ। आज बस्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा टुंगो लगाइनेछ। यसअघि सरकारमा सहभागिताबारे निर्णय गर्न बसेको स्थायी कमिटीले निष्कर्ष निकाल्न सकेको थिएन। प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन अनुरोध गरिरहेका छन्। सोही कारण आज बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ। शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो।