पोखरा अन्तरास्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रचण्डले भने ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरू गर्छौं’

 प्रधानमन्त्री     २०७९, १७ पुष आईतवार १७:१३     154 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरू गर्ने बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ।’

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरू भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे।

प्रधानमन्त्री प्रचण्डले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे। उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिंगो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे।

मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ।’

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए।