जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

 जनता समाजवादी     २०७९, १६ पुष शनिबार १५:३८     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डा लगायतका विषयमा छलफल हुनेछ। साथै, मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ। संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन। तर, बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ।