प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी मोदिको बधाईपत्र

 संवाददाता    २०७९, १५ पुष शुक्रबार १८:४३     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनिहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र हस्तान्तरण गरेका थिए ।