प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार छौँ: भारत

 भारत     २०७९, १४ पुष बिहीबार १९:३९     86 जनाले पढ़िसके



Spread the love

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आफूहरू प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

‘हालै प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हाम्रा प्रधानमन्त्रीले बधाई दिइसक्नु भएको छ,’ बाग्चीले भने, ‘दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहने कुरा प्रचण्डले बताइसक्नुभएको छ ।’

बाग्चीले भारत पनि नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको पनि बताए । द्विपक्षीय सम्बन्ध बलियो बनाउन प्रचण्डसँग मिलेर काम गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।